प्रसादी एकेडेमी मानभवनमा अध्यापन गर्ने एक शिक्षक उद्धब त्रिपाठीले यो स्तम्भकारलाई सोधे– हैन यो तपाइृहरुको चलचित्र उद्योगमा के भएको? आमासँग बसेर टिभी हेरिरहेको थिएँ । चलचित्रको विज्ञापन देखेर आमाले यस्तो छाडा टिभी नखोल बरु टिभी नहेरेपनि हुन्छ भन्नु भयो । अब के सबै यस्तै चलचित्रमात्रै बन्छ । मैले जवाफ दिन सकिन । उहाँले अझै कान नजिक आएर भन्नुभयो त्यो एटिएमको पिक्चर पनि एउटा टिभीले त्यँहाको सबांद नराखीकन दिएको थियो । त्यो हेर्दा आफैलाई नराम्रो अनुभव भयो । उहाँले थप्नुभयो तपाई चाँहि यस्तो चलचित्र नलेख्नु है ।
बास्तबमा अहिले चलचित्रमा लाग्ने कतिपयले अरु ठाउमा शिर निहु¥याउनुपर्ने अवस्था आएको छ । चलचित्र त मनोरञ्जनको बिषय हुनुपर्ने हो , सिर्जनाको बिषय हुनुपर्ने हो , मौलिकताको बिषय हुनु पर्ने हो तर अहिले आएर यो यौन र हिंसाको बिषय बनेको छ । चलचित्र लुटले छाडा शब्दहरु नेपाली चलचित्रलाई दिएर गयोृ भने चलचित्र चपली हाइटले भल्गर यौनलाई नेपाली चलचित्रमा छाडेर गयो । यी दुईवटा चलचित्रले राम्रो कमाई गरेर गयो । फलस्वरुप पछिल्ला चलचित्रमा यौन र छाडा दुबै बिषयलाई समेटेर चलचित्र बनाइन थालियो । हुन त बास्तमा चलचित्र लुटमा प्रयोग भएको छ । त्यो सफल पनि भएको छ । तर, त्यसका सस्ता बिषयलाई मात्र अरु चलचित्रमा समावेश गरियो । जसले गर्दा चलचित्र क्षेत्र नै अहिले घीनलाग्दो बिषय बन्यो ।
पछिल्लो दिनमा भित्रिएको प्रविधिले अहिले जो पनि निर्देशक निर्माता बनेका छन् । उनीहरुले जस्ता व्यक्तिलाई पनि कलाकार बनाएको छन् ।क्षमताभन्दा पनि नांग्गिएर यौनलाई आधार बनाउने कमजोर महिलाको उपस्थिती चलचित्र आयो त्यो एउटा ब्लु फिल्म भन्दा फरक छेन । त्यसमा केहि महिलाले बोलेको दृश्य देख्दा मानिसको जंगलीपन स्पष्ट देखिन्छ । सामाजिक स्थानमा त्यस्तो संवाद पागलले पनि बोल्न सक्दैन । कतिपयले त महिलाले त्यस्तोे संवाद बोलेको पहिलोपटक देखेका रहेछन् । यी सबै बिषयले नेपाली चलचित्र तत्कालका लागि घिनलाग्दो बिषय बनेको छ । हुन त यादब खरेलका अनुसार यी सबै बाढीले बगाएर ल्याएका फोहोर हुन् । बाढी शान्त भएपछि सबै ठीक हुन्छ ।तथापी अहिलेका लागि भने खुलेरै चलचित्रमा लागेको छु भन्न सकिने अवस्था छैन ।
अहिलेको यो घीनलाग्दो अवस्थाका बारेमा चलचित्र बिकास बोर्ड, निर्माता संघ र निर्देशक समाज भने चुप लागेर बसेको छैन । चलचित्र एटिएमलाई चलाउनै रोकेको छ भने अन्यले पनि जथाभावीइ चलचित्र बनाउन नसक्ने वातावरण बनाएको छ । हुन त लास्ट किस नामको चलचित्रले उल्लेखनिय व्यापार गर्न सकेन । त्यसपछि धेरैले त्यस्ता चलचित्र बनाउने काम छाडे । तर, अहिले जुन महिला नांग्गिने प्रबृत्ति बढेको छ, यसले राम्रो महिलाले चलचित्रमा अभिनय गर्ने अवस्था भने असहज बनाएको छ । अहिले त पढेलेखेको र अन्य बिकल्प भएका महिला चलचित्र क्षेत्रमा लाग्न चाँहदैनन् । पुरै नग्न हुने, अश्लिल बोल्ने, वा समाजले आँखा चिम्लिनु र कान थुन्नु पर्ने दृश्य र संवाद दिने महिलालाई समाजमा बाँच्न कुनै गाह्रो अवस्था आउन सक्छ ।
हुन त नेपालमा बेश्याबृत्ति गैरकानुनी भएकाले त्यो पेशामा लाग्नेले धेरै कमाउँछन्, घर बनाउँछन् । त्यसैले अश्लिल खालका चलचित्र खेल्दैमा तिनीहरुको भविश्य नै नहुने त हैन तर उनीहरुलाई सेलिब्रेटी भन्न भने सकिँदैन । तिनीहरु सेक्स मोडल मात्र हुन् । अहिले चलचित्रका केहि बजार विस्तार भएकाले यदि राम्रो चलचित्र बनाउने हो भने विदेशमा पनि लगेर केही लगानी उठाउन सक्ने अवस्था छ । तर, फोहोरी निर्माता निर्देशक र कलाकारले विदेशमा पनि नेपालको छवि कमजोर बनाइसकेका छन् ।
-सरोज प्याकुरेल