केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ३३ किलो सुन काण्डमा मिलेमतो देखिएको आरोपमा एसएसपी श्यामबहादुर खत्रीलाई पक्राउ गरेको छ । उनी ३३ किलो सुन बरामत हुँदा अन्र्तराष्ट्रिय बिमानस्थलका सुरक्षा ट्वाइसी (सेकेण्डमेन) थिए । उनले नै उक्त सुन पास गराएको देखिएको सिआइबीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको र उनको पक्राउ सँगै सुन तस्करको मालिक फेला पर्ने अपेक्षा सिआईबीले गरेको छ ।