पत्रकारिता स्वतन्त्र र मर्यादित पेशा हो । यसलाई सहि ढंगले उपयोग गर्न नसक्दा यस पेशाप्रति पाठकहरुले विश्वसनियता घट्दै गएको छ । नेपालमा संख्यात्मक रुपमा पत्रकारिताको विकास भए पनि गुणात्मक विकास नहुँदा त्यसले देश र जनतामा पु¥याउनुपर्ने योगदान पु¥याउन सकिरहेको छैन । यो नेपाली पत्रकारिको भविष्यका लागि चुनौतीपुर्ण कुरा हो ।
उदाहरणका लागि तपाइ विहान भुगोलपार्क जानुस् अथवा नयाँ बानेश्वर चोक । त्यँहा पाठकहरुको निकै घुँइचो लाग्ने गर्छ । दर्जनाँे दैनिक दर्जनाँै साप्ताहिक पत्रिका पाठकलृ सर्सती पल्टाउने गर्छन र त्यसै फालेर जान्छन् । केहीले दशवटा पत्रिका पढ्छन् र एउटा मात्र किन्छन् किन? दशवटा पढ्नु र एउटा रोजाइमा पर्नुका कारण के हो भन्ने कुरा अध्ययन नै नगरी दिनहुँ प्रकाशन गर्ने नाममा प्रकाशित गर्दैमा पत्रकारिताको विकास भयो भन्ठान्नु हुँदैन ।
पत्रकारिताको विकास भनेको देशको विकास र लोकतन्त्रको भविष्यसँग गाँसिएको छ । विनाविज्ञापन संसारका कुनै पनि सञ्चार माध्यम टिक्न सक्दैन । तर हामीकँहा विज्ञापन विना पनि धेरै अखबार टिकिरहेका छन् । कसरी, यो बडो रहस्यमय कुरा हो । नेपाली संचारमाध्यममा अप्रत्यक्ष रुपमा विदेशी लगानीको कुरा पनि बेलाबखत उठ्ने गरेको छ । त्यसैगरी कालोधनको लगानी पनि नेपाली पत्रकारितामा छिरेको छ । नभए बर्षमा करोडाँै घाटा व्यहोरेको पत्रिका कसरी टिक्छ ?
त्यसमाथि नेपाली पत्रकारिताको अर्काे चुनौती भनेको गैरपत्रकारहरुको बाहुल्यता । पत्रकार बन्न सजिलो छ । पाँच रुपैयाको हुलाक टिकट र दश बर्षे पत्रकारिताको नक्कली अनुभव बनाएर एउटाको नाममा दर्ता गर्ने अर्कैले चलाउने परम्परा बढ्दो छ । यसरी कमाउने नाममा पत्रकारितामा छिरेकाहरुले यस पेशालाई नै बद्नाम बनाएका छन् । एउटाले छापेको विज्ञापन, विज्ञापनदातासँग सोध्दै नसोधी छाप्ने, अनि भुक्तानी दिएन भने जथाभावी लेख्ने रोगबाट मै हुँ भन्ने पत्रकार पनि अछुतो छैन । जसले गर्दा पत्रिका पढ्ने पाठकदेखि विज्ञापन दिने विज्ञापनदातासमेत हाम्रो पत्रकारिताबाट पिडित छन् ।
पत्रकारिता पेशा देश र समाज प्रति उत्तरदायी हुनुपर्छ । समाजले केही भन्छ कि भन्ने डरले बाध्नुहुन्न । पत्रकारिता भनेकै मर्यादित पेशा भएकाले समाजले जहिले पत्रकारिताबाट सहि सुचना , स्वस्थ आलोचनाको अपेक्षा गरेको हुन्छ । तर, हाम्रो जस्तो समाजमा कतिपय सम्पादक यस्ता पनि छन् – जसलाई पत्रकारिताको भाषा, शैली र प्रस्तुतीको त कुरै छाडाँै, आफ्नो दायित्व नै थाहा छैन । जिम्मेवारी नै थाहा छैन । जे छाप्यो त्यहि समाचार भन्ने भ्रम छ ।
नांगो फोटो छापेर हुन्छ कि व्ल्याकमेल गरेर हुून्छ , जसरी भएपनि पैसा कमाउनुलाई हामीले पत्रकारितालाई प्रयोग गरिरहेका हुन्छाँै ।
त्यसैले पत्रकारिता पेशालाई मर्यादित, विश्वसनिय बनाउने हो भने सबै भन्दा पहिला हामीभित्रको कमीकमजोरी र आपराधिक मानसिकतालाई त्याग्नुपर्छ । हाम्रो पत्रकारिता परपिडक हुनुहुन्न । कस्तो समाचारले समाजमा नकारात्मक सन्देश प्रवाह गर्छ र कस्तो समाचारले समाजलाईए नकारात्कतातिर डोहो¥याउँछ भन्ने कुरामा हामी सचेत हुनुपर्छ । जसलाई जे मन लाग्यो त्यसलाई गाली गर्ने, जसलाई मन लाग्यो त्यसलाई धम्क्याउने प्रबृत्तिले पत्रकारिता पेशा मर्यादित र विश्वनिय हुन सक्दैन ।
“जस्तो भाँडोमा पानी हाल्यो, उस्तै आकार लिन्छ ” भनेझँै हामीले पनि स्वच्छ, स्वस्थ जिम्मेवार र मर्यादित भाँडोको रुपमा आफ्नो पेशालाई अगाँल्न सक्याँै भने मात्रै हामीलाई जनताले विश्वास गर्ने छ । एउटा पत्रिकाको पुँजी भनेको अर्बाैँ, करोडाँै रुपियाँ भन्दा ठुलो एउटा पाठक हो । पाठकले पढिदिएनन् भने जतिसुकै लगानी गरे पनि त्यसको अस्तित्व हुन्न । त्यसैले पाठकलाई केन्द्रविन्दुमा