हाम्रो मुलुकमा “स्वतन्त्र” भन्ने शब्द लगभग हराउँदै गएको आभास हुन थालेको छ । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको स्वतन्त्रताको हुनन हुने कुरालाई माओवादीले कहिल्यै पहिचान गर्न सकेन । माओवादीले जतिसुकै नेपाली जनताको स्वतन्त्रता, सार्वभौमसत्ताका लागि लडेको भने पनि त्यो व्यवहारले पटक्कै देखाउँदैन । नेपाली जनतालाई सहि सुचना प्रवाह गर्ने अर्थात कुनै पनि पत्रकार स्वतन्त्र रुपले लेख्ने अधिकारबाट वञ्चित गराउने दुषित अतिवादको हामी समर्थन गर्न सक्दैनाँै ।
माक्र्सले आफ्नो राजनीतिक यात्रा पत्रकारिताबाट सुरु गरेका थिए । माक्र्सबादको सिर्जनात्मक प्रयोग गर्दै जनवादी क्रान्ती सम्पन्न गर्ने माओ कहिल्यै पनि कलमजीवीको विरुद्धमा खनिएनन् । महान साँस्कृतिक क्रान्तिका सहयोगी लुसुनले कहिल्र्यै पनि कलमजीवीलाई मार्ने आदेश दिने सन्देश प्रवाह गरेनन् । मेक्सिम गोर्कीको कलम कहिल्यै पनि पत्रकारहरुको विरुद्ध लक्षित थिएन । लेनिनले पनि कहिल्यै त्यसो गरेनन् । चेग्वभाराले कहिल्यै पत्रकार मार्ने आदेश दिएनन् । कलम लिएर जनचेतनाको बीउ छर्ने पत्रकार, प्रजातन्त्रको वकालत गर्ने, मानवअधिकारकोे रक्षा गर्ने र शान्ति र देश विकासका लागि कलम चलाउने पत्रकार मारिन्छ र त्यसको हत्यारालाई कारबाही नगरी उन्मुक्ति दिन खोजिन्छ भने यो भन्दा निर्लज्ज, दुःखदायी अरु के हुन सक्छ ? अपराधीलाई संरक्षण गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र तत्कालिन महान्याधिवक्ता मुक्ति प्रधानलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनु पर्छ । यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई कहिल्यै पनि सार्वजानिक पदमा बस्न दिनु हुँदैन ।
माओवादीले १२ बर्षे जनयुद्धकालमा पनि पत्रकालाई नै निशाना बनायो र शान्ति प्रक्रियामार्फत राष्ट्रिय राजनीतिमा आएर सरकारको नेतृत्व गरिरहँदा समेत पत्रकारलाई नै धाकधम्की दिइन्छ । र, एउटा श्रमजीवी पत्रकार मार्ने हत्यारालाई संरक्षण गर्ने काम माओवादीले गरिराखेको छ । यो २१ आँै शताब्दीमा त्यो सम्भव छैन । त्यो चाँहि माओवादीले बुझ्न जरुरी छ । स्वतन्त्र पत्रकारितालाई लक्षित तिम्रा बन्दुक बन्द गर, स्वतन्त्र कलमको अगाडी बन्दुकको गन्ध फिक्का र घिनाउला हुनेछ । किनकी पत्रकारको कलम स्वतन्त्रताको प्रतीक हो, मानवअधिकारको निशानी र शान्ति विकासको संवाहक हो । लज्जा कोर्ने तसलिमा नसरिनको कलम मुस्लिम अतिवादीहरुले उनको टाउकोको मुल्य तोक्दैमा रोकिएन अर्थात उनका सिर्जनाहरु जन्मिरहे । यौटा मर्छ तर त्यसको असल गुणको पहिचान गर्दै अरु धेरै कलमहरु जन्मिन्छन् । तत्कालिन बेलामा डेकेन्द्र थापाको हत्या गर्दा पत्रकारै सकिन्छ जस्तो ठान्यो होला माओवादीले तर आज यस्ता धेरै डेकेन्द्रहरुको जन्म भइसकेको छ । त्यसले अब माओवादी र उसको चरित्रको पर्दाफास गर्दै जानेमा कुनै शंका छैन ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई संरक्षण गर्नु जरुरी छ । संरक्षण नै गर्न नसके पनि संहारको कार्यलाई रोक्नुपर्दछ । पत्रकारहरुको विरुद्ध लक्षित बन्दुकहरुलाई हामी यहि सल्लाह सुझाव दिन चाहान्छाँै, बन्दुक र तरबार भन्दा कलम सयाँै गुणा शक्तिशाली हुन्छ, हजाराँै गुणा बलशाली र लाखाँै गुणा संबेदनशील हुन्छ । त्यसैले पत्रकारहरु कसैको धम्की र त्रासले डराउने छैनन्, त्यो सबैले बुझे हुन्छ ।
विश्वका धेरै मुलुकहरुको शासन व्यवस्था देखियो र त्यसको अध्ययन पनि गरियो । तर, नेपालमा चाहिँ काकिस्टोक्रेसी र निओक्रेसीहरुले शासनसत्ता चलाएको आभास हुन्छ । काकिस्टोक्रेसी खराब र फटाहा अर्थात हत्याहिंसाको राजतीतिबाट सत्तामा पुगेकाहरुले शासन गर्ने व्यवस्थालाई भनिन्छ भने निओक्रेसी अनुभवहीन अर्थान नयाँ व्यक्तिहरुले गर्ने शासन व्यवस्थालाई बुझिन्छ । अहिलेको प्रचण्ड सरकार यी दुवै क्रेसीको संयोजित रुप हो । यसबाट के बुझिन्छ भने कतै मुलुक यहि बाटोतर्फ त अगाडी बढ्दै छैन ? यदि त्यसो भो भने मुलुकको स्थिती भयावह हुने निश्चित छ । माओवादीको अहिलेको व्यवहारले पुष्टी गरेको छ । उनीहरुको क्रियाकलाप हेर्दा कता–कता माओवादीलाई काकिस्टोक्रेसी र निओक्रेसीको संज्ञा दिन सकिँदैन र ?
वास्तवमा जुनसुकै शासन व्यवस्था भए पनि देश र जनताका हितमा हुनुपर्दछ । शासन व्यवस्थाका अनेकाँै नाम हुन सक्छन् । तर, त्यो कहिल्यै पनि आमनागरिकको अहितमा हुनुहँदैन र कसैले जनताको दमन गरेर जबर्जस्ती शासन चलाउन खाजे त्यो इतिहासको पानामा मात्र सीमित हुने निश्चित छ । प्रचण्डको पनि त्यो दिन नआउला भन्न सकिन्न ।