माओवादी केन्द्रका प्रभावशाली नेता पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले प्रदेश नम्बर ५ लाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव आए विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् । विपक्षमा भोट हाल्दा पार्टीले कार्बाही गरेपनि आफुलाई फरक नपर्ने बताएका छन् । शुक्रबार एक अन्र्तक्रिया कार्यक्रममा नेता रायमाझीले सो कुरा उल्लेख गरेका हुन् । उनले भने “मेरा लागि देश र जनता ठुलो, पार्टी होइन” पाँच नम्बर प्रदेशलाई तलमाथि गरे जनता आन्दोलनमा उत्रिन्छन् त्यसको परिणाम के हुन्छ ? यसै भन्न सकिँदैन ।