नेकपा एमालेका अध्यक्ष एव्म पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा शुक्रबार बसेको स्थायी कमिटिको बैठकले सरकारले संसदमा प्रस्तुत गर्न लागेको संविधान संशोधन दर्ताको कडा रुपमा आपत्ति जनाएको छ । त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय स्थायी कमिटिले गरेको छ । सरकार अनावश्यक उल्टो गति तिर लाग्नु दुखद् भएको निष्कर्ष निकालेको हो । सरकारले मुलुकलाई द्वन्दमा धकेल्न खाजेको आरोप पनि एमालेले लगाएको छ । राष्ट्र, राष्ट्रियता र अखण्डतालाई जोगाउन एमाले जुनसुकै मुल्य चुकाउन पछि नपर्ने स्थायी कमिटि सदस्य किरण गुरुङले जानकारी दिए ।