हेवाखोला पुल दुर्घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं । मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले