स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ : परिवारवाद निषेधदेखि खुला प्रतिस्पर्धासम्म ७ बुँदे निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, मितव्ययी र उत्तरदायी बनाउन ७ बुँदे आन्तरिक निर्देशन जारी गरेको छ। निर्देशिकाले नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुला प्रतिस्पर्धाबाट मात्र स्वकीय सचिव नियुक्त गर्नुपर्ने व्यवस्था गरेको