स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो