काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन म्याद तोकिदिन आग्रह गरेपछि मंगलबार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपछि आज बिहीबार पुनः बैठक बस्न लागेको हो ।