राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं । विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।