एकैदिन सुनको मूल्य ५ हजार ५ सयले उकालो, नयाँ कीर्तिमान
काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च हो