धनुषामा सुकुमबासीको प्रदर्शन, टायर बालेर राजमार्ग अवरुद्ध
जनकपुरधाम । स्थानीय तहले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि धनुषाका सुकुमबासी आन्दोलनमा उत्रिएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा शुक्रबार सुकुमबासीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण जनकपुर–ढल्केवर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। प्रदर्शनकारीहरूले महेन्द्रनगर पुल