१२ जिल्लामा सीडीओ सरुवा, को कहाँ ? कारागार विभागमा घिमिरे
काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । शुक्रबार जारी सूचनाअनुसार १२ जिल्लाका सीडीओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशकमा समेत हेरफेर गरिएको हो । सूचनाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ ।