प्रधानमन्त्री ओलीले गर्ने चीन भ्रमण स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि १८ सम्म गर्ने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्