सरकार वातावरणमैत्री सडक संरचना निर्माणमा सक्रिय : मन्त्री देवेन्द्र दाहाल
काठमाडौं, साउन २ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री तथा अपाङ्गमैत्री सडक संरचना निर्माणमा विशेष ध्यान दिइरहेको बताएका छन् । शुक्रबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले संविधानले समेत समावेशी र दिगो विकासमा जोड दिएको