प्रतिनिधि सभाका सचिव अधिकारीले दिए राजीनामा
काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नेपाल सरकारका पूर्वसचिव अधिकारीलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए । सभामुख घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्