विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। ६६ वर्षीय पवार सवार चार्टर्ड विमान बुधबार बिहान करिब ८ः४५ बजे बारामतीमा दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक विवरणअनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ।