सभामुखलाई रास्वपाका सांसद आचार्यको प्रश्न– ‘एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपीन आचार्यले संसद्को कार्यसम्पादनबारे समग्र समीक्षा गर्न सभामुखसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको सय दिन पुगेपछि समीक्षा गर्ने अभ्यास भए पनि संसद्का लागि त्यस्तो ‘हनिमुन अवधि’ लागू नहुने बताए।