भन्सार छलिको आशंकामा ७७६ विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरोला नाकाबाट नेपाल भित्रिएका ७७६ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुश्मा, कास्कीको हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट बुधबार राति ती गाडी नियन्त्रणमा लिइएको