राप्रपामा महाधिवेशन टारिएको भन्ने चर्चा गलत, समयमै गर्ने तयारी छ : प्रवक्ता श्रेष्ठ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको महाधिवेशन टारिएको भन्ने चर्चा गलत रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन गर्न नचाहेको भन्ने भाष्य सरासर भ्रमपूर्ण रहेको स्पष्ट