रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौँमा प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार विहान काठमाडौंमा रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित समाजले प्रदर्शन गरेको हो