३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता, तोडे आफ्नै विश्व कीर्तिमान
काठमाडौं। कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। ५६ वर्षीय कामिरिताले आइतबार बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। ‘एभरेष्ट म्यान’को उपनामले परिचित कामिरिता संसारमै सबैभन्दा धेरै