निक्षेपको औसत ब्याजदर ४.४ प्रतिशतमा झर्यो, कर्जाको ब्याज थप घट्ने संकेत
काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । चैतको तुलनामा सात बैंकले दर घटाउँदा बाँकी १३ बैंकले यथावत् राखेका छन् । यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.४० प्रतिशतमा झरेको छ, जुन अघिल्लो