आज टुँडिखेलमा फूलपाती बढाइँ गर्दै नेपाली सेना, समारोहमा राष्ट्रपति भण्डारी सरिक हुनुहुँदै
काठमाडौँ । नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।