योग्यता र क्षमताभन्दा पहुँच र दलगत झण्डाको मूल्य बढाइँदा प्रणालीप्रति जनविश्वास कमजोर बनेको प्रधानमन्त्री शाहको दावी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेश आवश्यक भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि दलका “स्लिपर सेल”का रूपमा प्रयोग हुँदै आएको उल्लेख गरेका