जनमत पार्टीले जलायो प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला
बुटवल । जनमत पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएको हो ।