अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएपछि बारमा दिउँसै लालटिन प्रदर्शन
काठमाडौं । कानून व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमको विरोध गर्दै मंगलबार दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा गरिएको प्रदर्शनमा कानून व्यवसायीहरूले न्यायपालिका संकटतर्फ उन्मुख भएको भन्दै सांकेतिक विरोध जनाएका हुन् ।