प्रजातान्त्रिक लडाइँमा सहभागी सहिदहरुलाई कांग्रेसले सम्मान दिन सकेनः एमाले अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको बताएका छन् । ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।