स्पेनबाट नफर्किएका भनिएकाहरुको अनुसन्धान जारी छ : प्रवक्ता गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमणका क्रममा नफर्किएका व्यक्तिहरूको विषयमा सरकार गम्भीर रहेको र अनुसन्धान अघि बढाइएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने भन्दै सरकारी