अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने भन्दै निजी क्षेत्र उत्साहित
काठमाडौँ । सरकारले हालै ल्याएको अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने भन्दै निजी क्षेत्र उत्साहित देखिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशप्रति सरकारलाई धन्यवाद दिएका छन्