६ करोडभन्दा बढी ठगीको आरोपमा थाइल्याण्डबाट पक्राउ परिन् टिकटकर तुल्सा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत तुल्सा कलेक्सनका नामले परिचित तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनी हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार इन्टरपोलको समन्वयमा थाइल्याण्डमा पक्राउ परेकी