बिनाविभागीय मन्त्रीमा डोबाटेले शपथ लिएसँगै गण्डकीको गठबन्धनमा चुलियो असन्तुष्टि
पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिनुभएको छ । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चौतर्फी विरोध भएपछि डोबाटेलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।