सुकुम्वासीको प्रदर्शन : ‘डोजर आतंक बन्द गर, उचित व्यवस्थापन गर’
काठमाडौँ । सरकारले विस्थापित गरेका सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले सिटी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको