संविधान लोकतन्त्रको मूल बाटो हो, सजग भएर हिँड्नुपर्छ : पूर्वराष्ट्रपति यादव
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गरेका छन् । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि