जेनजी घाइतेलाई एमबीबीएस छात्रवृत्तिमा विवाद: गोविन्द केसीको आपत्ति, निर्णय फिर्ता लिन माग
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस भर्ना दिने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति अभियन्ता डा.गोविन्द केसीले आपत्ति जनाएका छन् । उनका तर्फबाट विजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरिएको छ।