‘हामीमाथि बलात्कार रोक’ भन्दै कान्सको रेड कार्पेटमा अर्धनग्न युवतीको प्रदर्शन
फ्रान्सको कान्समा चलिरहेको फिल्म फेस्टिभलमा युक्रेनमा रुसी सैनिकले बलात्कार गरेको भन्दै त्यसको विरोधमा एक युवती अर्धनग्न अवस्थामा रेड कार्पेटमा प्रवेश गरेकी छिन्। समाचार एजेन्सीहरुका अनुसार उनले फेस्टिभल चलिरहँदा फोटोग्राफरहरु अगाडि टपलेस भएर ‘हामीमाथि बलात्कार रोक’ भन्दै चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन्