लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, नयाँ अनुहारलाई अवसर दिने तयारी
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा