पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाअन्तर्गत मध्यमग्राम क्षेत्रमा गोली हानी हत्या गरिएको छ। बुधबार राति मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनी सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।