मन्त्री दाहालद्वारा ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण, निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित सोमबार बिहान निर्माण स्थलमा पुगेका मन्त्री दाहालले निरीक्षण पश्चात फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् ।