एलपी ग्यास उद्योग संघको आग्रह– अतिरिक्त ग्यास नकिन्नू, अभाव हुँदैन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी एलपी ग्यास खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ । संघले बजारमा ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले अतिरिक्त सिलिन्डर राख्न थालेकाले कृत्रिम अभावको अवस्था सिर्जना भएको जनाएको छ ।