गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी स्कर्पियो चोरी
काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको सरकारी स्कर्पियो गाडी चोरी भएको छ। प्रहरीका अनुसार उक्त स्कर्पियो मध्यराति गोदावरी नगरपालिका–ठेचो क्षेत्रबाट चोरी भएको हो। गाडी हराएको जानकारी प्राप्त भएपछि प्रहरीमा उजुरी दर्ता गरिएको छ।