प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज बिहान भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायत नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग क्षेत्रको अवलोकन गरेकी हुन्।