काठमाडौं टावर निर्माण नरोक्न पाटन उच्च अदालतको काठमाडौं महानगरलाई अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण कार्य नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले २०८१ माघ ९ गते टावरको निर्माण कार्य रोक्न पत्र पठाएपछि निर्माण कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स अदालत गएको थियो ।