माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. महतो नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकका अनुसार मंसिर १२ मा बसेको सञ्चालक समितिको ४७२ औं बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो