काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् ।
बैंकका अनुसार मंसिर १२ मा बसेको सञ्चालक समितिको ४७२ औं बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा स्वीकृत गरेर रिक्त अध्यक्ष पदमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको बैंकले जनाएको छ ।























