पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे, विमानस्थलमा समर्थकको नारा–जुलुस
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । विमानस्थल गेटमै समर्थकहरूले विभिन्न नारासहित उनको स्वागत गरेका छन् । शाहले गाडीबाट समर्थकहरूतर्फ हात हल्लाउँदै अभिवादन गरेका थिए । विमानस्थल क्षेत्रमा उनको समर्थनमा ठूलो संख्यामा समर्थकहरू उपस्थित छन् ।