निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ । विहिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको