ढल्यो मधेश सरकार, मुख्यमन्त्री यादव पदमुक्त
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार जनकपुरस्थित मधेस प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् । १०७ सदस्यीय प्रदेश सभामा यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको