एन आई सी एशिया बैंकद्वारा केन्द्र तथा प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था
काठमाडौं । कोभिड–१९ को महामारीले देशका अधिकांश भुभागमा असर गरिरहेको हुँदा स्थानीय प्रशासनहरूले महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको वर्तमान परिप्रेक्ष्यबाट ग्राहकहरूमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको छ